प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० सुरू

इटहरी । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिता आज शुक्रबारदेखि देखि सुरु भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा अहिले मधेस प्रदेश र प्रदेश नम्बर १ बीच प्रतिस्पर्धा हुँदैछ ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र बाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा सातवटा प्रदेश तथा एक विभागीय गरी ८ टोली सहभागी छन् ।
सहभागी टिमहरुलाई दुई समूहमा विभाजन गरिएको छ । दुईवटा समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको फाइनल खेल माघ ७ गते हुनेछ । उपाधि विजेताले ५ लाख र उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले २०/२० हजार रुपैयाँ पाउनेछन् । यसैगरी प्रत्येक खेलका प्लेयर अफ द म्याचले ३ हजार प्राप्त गर्ने जनाइएको छ ।