‘भारतमा उत्पादित कफ सिरप गुणस्तरहीन, प्रयोग नगर्नुहोस्’

काठमाडौं । भारतमा उत्पादित खोकीको औषधि ‘कफ सिरप’ सेवन गुणस्तरहीन र हानीकारक पाइएपछि त्यसको प्रयोग नगर्न विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले आग्रह गरेको छ । ‘डक–१ म्याक्स’ नामक भारतमा उत्पादित कफ सिरप प्रयोग नगर्न डब्ल्यूएचओले आग्रह गरेको हो ।

उक्त कफ सिरप सेवन गरेका उज्वेकिस्तानका २० जना बालबालिकाको मृत्यु भएको थियो । उनीहरुको ज्यान जानुमा मुख्य कारण भारतको मेरियन बायोटेक कम्पनीले उत्पादन गरेको कफ सिरफ प्रयोग मानिएको थियो ।

उक्त सिरप गुणस्तरहीन भएको र स्वास्थ्य सुरक्षा र गुणस्तर सुनिश्चित गर्न उत्पादक कम्पनी असफल भएको डब्ल्यूएचओले जनाएको छ ।

गत महिना ‘डक–१ म्याक्स’ सेवन गर्दा कम्तीमा २० बालबालिकाको ज्यान गएको उज्वेकिस्तानका अधिकारीहरूले बताएपछि अनुसन्धान थालिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

घटनापछि भारतको स्वास्थ्य मन्त्रालयले उक्त कम्पनीको उत्पादन रोकेको थियो । उज्वेकिस्तानले आयात र बिक्रीमा प्रतिबन्ध लगाएको थियो ।

औषधिमा प्रयोग भएको ‘डाइथिलीन ग्लाइकोल’ र ‘इथिलीन ग्लाइकोल’ मानव स्वास्थ्यका लागि विषाक्त मानिन्छ । विशेष गरी बालबालिकामा यसको प्रयोगले गम्भीर क्षति गर्ने डब्ल्यूएचओले विज्ञप्तिमा जनाएको छ ।

यसबारे उत्पादक कम्पनी मेरियन बायोटेकले कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *