दुई दिनयता शेयर बजार ओरालोतिर

काठमाडौं । सेयर बजार परिसूचक नेप्से ४१ अंकले घटेको छ । नयाँ सरकार बनेपछि उत्साहजनक वृद्धि भइरहेको अवस्थामा बिहीबार घटेको हो । लगातार दुई दिनयता शेयर बजार ओरालो लागेको छ ।
यसअघि मंगलबार २१ अंकले नेप्से घटेको थियो । लामो समयसम्म १८ सयको न्यूनतम विन्दुमा रहेको बजार नयाँ सरकार बनेसँगै उकालो लागेको थियो ।
बिहीबार बजार ४१ दशमलव शून्य ४ अंकले घटेर २१ सय ४९ दशमलव तीन नौ अंकमा झरेको छ । विश्लेषकहरूले लगानीकर्ताले नाफा बुक गर्दा बजार घटेको बताएका छन् ।
बिहीबार २ सय ५२ कम्पनीका १ करोड ४४ लाख कित्ता शेयर खरिद बिक्री हुँदा ५ अर्ब ४७ करोड भन्दा बढीको कारोबार भएको छ ।
दिनभर कारोबार भएका कम्पनीहरूमा सबैभन्दा बढी कुमारी धन वृद्धि योजना र सिंगटी हाइड्रो इनर्जी लिमिटेडका सेयर धनीले १० प्रतिशतले कमाएका छन् ।
गुराँस लघुवित्त वित्तीय संस्थाका सेयर धनीले ९ प्रतिशतले गुमाएका छन् । कारोबार रकममा सबैभन्दा बढी शिवम् सिमेन्टको २२ करोड २० लाख र रिडी पावर कम्पनी लिमिटेडको १७ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।