नेपाल टेलिकमको ‘विन्टर अफर’ मा सस्तो डाटा सुविधा

काठमाडौं । नेपाल टेलिकमले आज बिहीबार देखि लागू हुने गरी ‘विन्टर अफर’ उपलब्ध गराउने भएको छ। यसअन्तर्गत मोबाइल डाटा र फोनमा कुराकानी गर्दा सहुलियत उपलब्ध गराइने जनाइएको छ ।

‘विन्टर अफर’ मा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्रिपेड कम्बो अफरलाई निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

कम्पनीका प्रिपेड मोबाइलका ग्राहकलाई १९९ देखि ६९९ रुपैयाँसम्मका सुलभ दरका २८ दिनसम्म प्रयोग गर्न सकिने डाटा, भ्वाइस र सन्देशका विभिन्न प्याक उपलब्ध छन् ।

६९९ मा २८ दिनका लागि कूल २८ जिबी डाटा (दैनिक एक जिबी), दैनिक एक सय मिनेट कुराकानी गर्ने र दैनिक सय सन्देश पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यीबाहेक पहिलादेखि नै उपलब्ध अफरलाई निरन्तरता दिइएको छ। अफर प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्नेछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट यससम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिनेछ ।

त्यसैगरी कम्पनीको यो वेबसाइट यो वेबसाइट मार्फत विस्तृत जानकारी प्राप्त गर्न सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *