भीरबाट खसालेर दुईजनाको हत्या गरेको अभियोगमा १५ जनालाई जन्मकैद

काठमाडौं । दुईजना युवकलाई भीरबाट खसालेर हत्या गरेको आरोपमा मुद्दा खेपिरहेका १५ जना युवालाई अदालतले जन्मकैदको फैसला सुनाएको छ ।

बागलुङको बडिगाड गाउँपालिकाका युवालाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको एकल इजलासले अभियोगपछि पुर्पक्षका लागि थुनामा रहेका उनीहरुलाई जेल सजा सुनाएको हो ।

घटनामा संलग्न भनिएका एकजना बालकलाई सुधार गृह पठाइने भएको छ ।

२०७७ चैत १५ गते होली पर्वका दिन भएको मेलामा झडप भएको थियो । त्यस क्रममा भीरबाट खसालेर दुई युवाको हत्या गरेको आरोप उनीहरुमाथि लागेको थियो ।

उक्त घटनामा बागलुङको निसीखोला गाउँपालिका ७ का प्रकाश कुँवर र दीपक परियारको ज्यान गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *