अन्तर्राष्ट्रिय करातेमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपालले चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगितामा सहभागी हुन नेपाली टोली बुधबार बंगलादेश गएको छ ।

चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता जनवरी १३ देखि सुरु हुनेछ ।

बंगलादेश गएका नेपाली खेलाडीमा राजनकुमार पाइजा, लक्ष्मण पुन, विजल पाइजा, गणेश पाइजा, सीताराम लामा, अमृत लामा, तेजिन्द्र पाइजा, मन्दीप खड्का, देवकुमार तामाङ छन् ।

यसैगरी, श्रीकिशुन शाह, रामदास गोपाली, समित महर्जन, प्रेमप्रसाद नेपाल, पहलमान महर्जन, शम्भु नेपाली, पशुपति बुढा, बिनुमाया तामाङ र हेमा खड्काले आफ्नो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव गजेन्द्रबहादुर खपाङ्गीले गरेका छन् । टोली व्यवस्थापकमा राजेन्द्रकुमार क्षेत्री, प्रशिक्षकमा रामकुमार थारु, रेफ्रीमा साइँला गमाल र अफिसियलमा पुष्पराज गिरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *