अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै रक्षा

काठमाडौं । नेपालले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ मा सहभागिता जनाउने भएको छ ।

प्रतियोगितामा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले उप्रेतीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो ।

फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका ‘इको सुन्दरी’ हरुको सहभागिता रहनेछ ।

काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीका रुपमा सार्वजनिक गरेको हो । उनलाई पहिलो ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’ की विजेता रोनाली अमात्यले ताज लगाइदिएकी थिइन् ।

कार्यक्रममा द हिडन ट्रेजरका निर्देशक सुवर्ण क्षेत्री, अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य, लोकेश नेपालमा फाउन्डर गौतम धिमाल, ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौल लगायतको कार्यक्रममा उपस्थिति थियो ।

गत वर्ष ‘मिस इको इन्टरनेशनल’ शोफिया भुजेलले नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतियोगीतामा टप २० मा पुग्न सफल उनी अहिले अमेरिकाको ‘मिस युनिभर्स’ मा नेपालको प्रतिनिधित्व गदैछिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *