मनोजले पाए सर्वोत्कृष्ट ध्वनि सम्पादकको अवार्ड

काठमाडौँ । मनोज डंगोललाई मनास्लु इन्टरनेशनल आइकन अवार्डअन्तर्गत सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्रदान गरिएको छ ।

काठमाडौँको राष्ट्रिय नाचघर जमलमा मनास्लु पोष्टको आयोजनामा छैठौं मनास्लु राष्ट्रिय अवार्ड २०७९ र दोस्रो मनास्लु इन्टरनेशनल आइकन अवार्ड तथा बृहत् सांस्कृतिक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो ।

डंगोल बिग परिवेश रेकर्डिङ स्टुडियोमा कार्यरत छन् । उनले बिरिसु मिडिया प्रालिले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८ मा ‘पाउ हजुरको’ बोलको गीतबाट वर्ष सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त गरेका हुन् ।

त्यसैगरी उनले पाँचौँ मनास्लु राष्ट्रिय अवार्ड २०७८ मा सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड, ग्रीट नटराज फिल्मस प्रालिले आयोजना गरेको स्टार म्युजिक भिडियो अवार्ड २०२२ मा सर्वोकृष्ट ध्वनि सम्पादकको अवार्ड प्राप्त गरिसकेका छन ।

मनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री दलजित श्रीपाली, विशिष्ट अतिथि नेपाल मगर संघ केन्द्रीय समितिका महासचिव टेक नाम्जाली मगर, अतिथिहरु नेपाल मगर संघ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुन मगर सहभागी थिए ।

यसैगरी, सौर्य दैनिका पत्रकार बाबुराम सिग्देल, पत्रकार, समाजसेवी नवराज कार्की, समाजसेवी तथा व्यावसायी झलक थापा मगर, गायक हर्कबहादुर घर्ती मगर, गायक नन्द घर्ती मगर, गायक देवीराम राना लगायतले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्ति एवं संस्था सेवाको कदर स्वरुप ‘एक विधा एक स्टार’ छैठौं मनास्लु राष्ट्रिय अवार्ड २०७९ बाट सम्मान गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *