नेपाल टी-२० लिगको उपाधिका लागि विराटनगर र लुम्बिनीको भेट

काठमाडौं । विराटनगर सुपर किंग्स पहिलो संस्करणको नेपाल टी-२० लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो क्वालिफायरमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको हो ।

विराटनगरले दिएको १ सय ६८ रनको लक्ष्य जनकपुरले १९.१ ओभरमा अलआउट हुँदै १ सय २८ रन बनायो ।

विराटनगरका लागि चाडविक वाल्टनले ४७ बलमा ५१ रनको अर्धशतकमा राज नाननको बलमा एलबीडब्लु आउट गराए । वाल्टनले ६ चौका प्रहार गरे ।

पहिलो विकेट ४ रनमा गुमाएको जनकपुरका लागि दोस्रो विकेटका लागि कप्तान ट्राभोन ग्रिफिथ र चाडविक वाल्टनले ५६ रनको साझेदारी गरे ।

कप्तान ट्राभोन ग्रिफिथले ३४ रन बनाउँदा खडक बोहोराले १४ रन बनाए ।

जनकपुरका राज नाननले ४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । कियोन जोसेफले ३ तथा नन्दन यादवले २ विकेट लिए भने सूर्य तामाङले १ विकेट लिए ।

पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको हो । विराटनगरका लागि गौरान्शु शर्मा ४२ रनमा आउट हुँदा अर्जुन साउदले ३५ रन बनाए ।

राज नाननले ३३ रन बनाउँदा हुसेन तलत ३१ रनमा आउट भए । अमरसिंह राउटेलाले छक्का हान्दै पहिलो ईनिङ सकाएका थिए ।

जनकपुरका लागि जितेन्द्र मुखियाले २ तथा सोमपाल कामी, सरफुदिन असरफ, ललित नारायण राजवंशी र शमीउल्लाह शिनवारीले समान ११ विकेट लिए ।

विराटनगरले फाइनलमा लुम्बिनी अल स्टारसँग खेल्नेछ ।

लिगको विजेताले ५५ लाख पाउने छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । यस्तै तेस्रो हुनले १० लाख र चौथोले ५ लाख पाउने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *