निषेधित क्षेत्रमा उडान गरेको हेलिकप्टर नियन्त्रणमा

विराटनगर । निषेध गरिएको क्षेत्रमा पुगेको हेलिकप्टरलाई प्रहरीले संखुवासभामा नियन्त्रणमा लिएको छ । संखुवासभा, भोटखोला गाउँपालिकाको हटियामा अनुमति बिना निषेधित क्षेत्रमा ‘अल्टिच्युड एयर’ को हेलिकप्टरले उडान गरेको थियो ।

गृह मन्त्रालयले दिएको उडान अनुमतिविपरीत हेलिकोप्टर निषेधित क्षेत्रमा गएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त हेलिकप्टर भोटखोला गाउँपालिकाको जेनेरेटर बोकेर काठमाडौंबाट उडेको थियो ।

जिल्ला प्रहरी कार्यालय खाँदबारीमा अवतरण गरेर भोटखोला जान अनुमति लिइएको थियो ।

प्रहरीले हेलिकोप्टरका पाइलट आनन्द थापालाई नियन्त्रणमा लिएर प्रहरीचौकी हटियामा राखेको भोटखोला गाउँपालिकाका अध्यक्ष वागंछेदर भोटेले बताए ।

उनका अनुसार हेलिकोप्टरले भोटखोला गाउँपालिकाको माक्पालुङमा रहेको टेलिकमको टावर सञ्चालनका लागि जनेरेटर ल्याएको थियो ।

चौकीका प्रहरी, दुरसञ्चारका कर्मचारी लगायतको रोहवरमा जनेरेटर हेलिकोप्टरबाट निकालिएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *