सरकारलाई विश्वासको मत दिने निर्णयप्रति कांग्रेसका युवा नेता असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । विश्वासको मत दिने निर्णयमा युवा नेताहरु भने असन्तुष्ट देखिएका छन् ।

पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता प्रतिपक्षमा बस्नुपर्ने अडान रहे पनि पार्टीले विश्वासको मत दिने निर्णय गरेको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो ।

सहमहामन्त्री महेन्द्र यादवले बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए ।

कांग्रेसले समेत विश्वासको मत दिँदा प्रधानमन्त्री दाहालले कम्तीमा २६९ सांसदको समर्थन पाउने भएका छन् ।

कांग्रेसको ८८ र सत्तारुढ गठबन्धनमा एमालेको ७९, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १३, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ८ र नागरिक उन्मुक्ति पार्टीको ४ मत छ ।

स्वतन्त्र सांसदहरू अमरेशकुमार सिंह, प्रभु साह र योगेन्द्र मण्डलले पनि पक्षमा मत दिने बताइसकेका छन् ।

हालसम्म विपक्षमा एक–एक सिट रहेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *