इलाम-काठमाडौं हवाई भाडा ७,७८५

इलाम । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा माघ १ गतेदेखि नेपाल वायु सेवा निगमले उडान गर्ने निश्चित भएको छ । साताको एकपटक काठमाडौं–इलाम–काठमाडौं उडान हुने भएको हो ।
इलामको पर्यटन प्रवर्द्धनका लागि निगमले तत्काललाई साताको एकपटक उडान गर्न लागेको इलाम नगरपालिकाले जनाएको छ ।
यात्रुका लागि टिकट बुकिङ खुला गरिएको छ । इलाम सिटीमार्टको पहिलो तलामा ख २३ नम्वरको सटरमा बिहान ११ बजेदेखि ३ बजेसम्म टिकट उपलब्ध हुने जनाइएको छ ।
१९ सिटे ट्वीनअटर विमानले यात्रुलाई गन्तव्यमा पुर्याउने छ। भाडा दर ७ हजार ७८५ राखिएको छ ।
निगमको इलाम स्टेसनका इन्चार्ज दिनेश सुन्दासका अनुसार उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई टिकट शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
यसैगरी विद्यार्थी र दुईदेखि १२ वर्ष उमेरसम्मका यात्रुलाई २५ प्रतिशत छुट दिइने उनले बताए ।
टिकटका लागि इलाम स्टेसनको कार्यालयमा ९८५११४२४९७ वा ९८४१७०५००४ सँग सम्पर्क राख्न सकिने जनाइएको छ ।
यसैगरी काठमाडौं–इलाम वा इलाम–काठमाडौंका लागि हवाइ टिकट बुकिङमा सहयोग, सहजीकरण तथा सूचनाका लागि निगमको फोन नम्वर ०१४२२४४८६ र ०१४२२३४५३ र ०१४२४८६०४ तथा इलाम नगरपालिकाको नगर प्रहरी हेल्प डेस्कमा ०२७ ५२००३१ मा सम्पर्क गर्न सकिने नगरपालिकाले जनाएको छ ।
समग्र इलाम जिल्लाको पर्यटन प्रवर्द्धनका लागि फाल्गुनन्द सुकिलुम्वा विमानस्थल प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ ।
हवाई सेवा तथा पर्यटकहरुलाई सेवा सुविधामा कुनै कठिजनाइ भए नगरका मेयर केदार थापासँग तथा उपमेयर विष्णुकुमारी लिम्बूसँग सम्पर्क गर्न सकिने जनाइएको छ । मेयर थापालाई ९८५२६८५०६२ र उपमेयर लिम्बूलाई ९८५२६८५०६१ मा सम्पर्क राख्न सकिने पनि नगरपालिकाले जनाएको छ ।
फोटो: दिलिप रावजंशी