रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा ‘एमडीआरटी २०२३’ का लागि योग्य २० जना अभिकर्ताहरुलाई सम्मान गरिएको छ ।
काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित कार्यक्रममा कम्पनीका सिनियर मेनेजमेन्ट, एमडीआरटी अभिकर्ताहरु, क्षेत्रीय प्रबन्धकका साथै शाखा प्रबन्धकहरुको सहभागिता थियो ।
कार्यक्रममा कम्पनीका मुख्य कार्यकारी अधिकृत राकेश पोखरेलले एमडीआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेको अठोट र अथक परिश्रमले गर्दा निरन्तर प्रतिष्ठित एमडीआरटी ग्लोबल कन्फरेन्समा सहभागिता जनाउन सफल भएको बताए ।
कम्पनीको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकामा उनले सबैलाई धन्यवाद दिए ।
आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण, आकर्षक स्किम जस्ता कार्यक्रम ल्याउनले पोखरेलले उल्लेख गरे ।
त्यस्ता कार्यक्रमले थप एमडीआरटी अभिकर्ताहरु कम्पनीले जन्माउनेमा उनले विश्वास व्यक्त गरे ।
रिलायन्स लाइफ इन्स्योरेन्सले सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च मार्क’ कम्पनी बन्ने पोखरेलले बताए ।
‘टीओटी, सीओटी’ तथा ‘एमडीआरटी’ नमिता न्यौपानेले, भब्य सम्मान कार्यक्रमका लागि कृतज्ञता व्यक्त गरिन् ।
कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुने विश्वास उनले जनाइन् ।
उत्कृष्ट व्यावसायिक नतिजाका लागि कम्पनी र अभिकर्ताबीच निरन्तर सल्लाह र सुझाव आदान हुनुपर्नेमा न्यौपानेले जोड दिइन् ।
कार्यक्रममा कम्पनीले २० जना एमडीआरटीहरुलाई सम्मान गरेको थियो ।
रिलायन्स मुलुकको प्रतिष्ठिट बीमा कम्पनी हो । सरकारको स्वीकृतिप्राप्त यो कम्पनीमा प्रसिद्ध अर्थशास्त्री, उद्योगी, बैंकर र पेशाकर्मीहरु आबद्ध छन् ।
आफ्ना ग्राहकहरुको जीवनस्तर उन्नत बनाउन दीर्घकालीन बचत र सुरक्षाका लागि विभिन्न प्रकारका कार्यक्रम सञ्चालन गर्ने गरिएको छ ।