कृष्णभूषण बल पुरस्कार अधिकारी, राई र परियारलाई

विराटनगर ।कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले २०७८ सालको तीनवटा पुरस्कार तीनजना स्रष्टालाई प्रदान गर्ने घोषणा गरेको छ ।

प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारीलाई प्रदान गर्ने भएको छ ।

तीसको दशकदेखि नेपाली साहित्यको कविता र गीत विधामा दिएको योगदानका लागि उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।

पुरस्कार राशि २५ हजार छ । यसअघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली, बम देवान, नारायण तिवारी, गणेश रसिक, भागिरथी श्रेष्ठ र विष्णुविभु घिमिरे सम्मानित भएका छन् ।

यसैगरी २०७८ सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान कवि सुधा एम राई (सिक्किम) र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि रोशन परियारलाई प्रदान गरिने भएको छ ।

नेपाली कविता विधामा दिएका योगदानका लागि कवि सुधा र युवाकवि रोशनलाई उक्त पुरस्कार सम्मान प्रदान गरिने निर्णय गरिएको हो ।

उक्त पुरस्कारबाट यसअघि कविहरू कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल, गीता त्रिपाठी पुरस्कृत भैसकेका छ्न् ।

यी सम्मान र पुरस्कारको राशि जनही क्रमशः १५ हजार र ११ हजार रुपैयाँ छ ।

प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको उपस्थिति र प्रतिष्ठानका अध्यक्ष प्रा.डा. टङ्कप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले पुरस्कारको निर्णय गरेको हो ।

पुरस्कार सम्मान आगामी फागुन २० गते विराटनगरमा आयोजना हुने कार्यक्रममा हस्तान्तरण गरिने प्रतिष्ठानका महासचिव विवश पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *