अवैध डिजिटल प्रविधि प्रयोगबाट हुने कारोबारमा रोक लगाइने

काठमाडौं । नेपालमा मौद्रिक उपकरणको रूपमा कानुनी मान्यता नपाएको भर्चुअल करेन्सी र नेटवर्क मार्केटिङ लगायतका डिजिटल प्रविधिको प्रयोगप्रति नेपाल दूरसञ्चार प्राधिकरणले निगरानी बढाएको छ ।

डिजिटल प्रविधि प्रयोग गरी हुने कारोबार हालका दिनमा बढ्दै गएपछि प्राधिकरणको अनुगमन महाशाखाले यसको नियन्त्रणका लागि पहल थालेको हो ।

अनलाइन प्रविधिमार्फत हुने क्रिप्टोकरेन्सी, विटक्वाईन, हाईपर नेटवर्किङ, अनलाइन जुवा लगायतका गैरकानुनी क्रियाकलाप तथा आर्थिक अपराधसँग सम्बन्धित वेबसाइट, एप, अनलाइन सञ्जाल लगायतका भर्चुअल माध्यमहरूको प्रयोगमा नेपालभित्र रोक लगाइने भएको छ ।

त्यस्ता माध्यमहरु प्रयोग, सञ्चालन र व्यवस्थापन गर्न नपाउने व्यवस्था गर्न प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायक संस्थाहरूलाई निर्देशन जारी गरेको छ ।

प्राधिकरणबाट जारी गरिएको निर्देशनको पालना नगरेको पाइए ऐनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *