प्रदेश १ को मुख्यमन्त्री हिक्मतकुमार कार्की बन्ने लगभग पक्का

विराटनगर । प्रदेश १ मा नेकपा एमालेले स्थायी कमिटीका सदस्य हिक्मत कार्कीको नेतृत्वमा सरकार गठनका लागि दाबी गर्ने भएको छ ।

एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाका ६० सांसदको समर्थनमा कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसक्षम सरकार निर्माणको दाबी गर्ने तयारी गरेका छन् ।

प्रदेश १ का प्रमुख खापुङले नयाँ सरकार गठनका लागि गत आइतबार तोेकेको समय आज साँझ पूरा हुँदैछ ।

एमाले, माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनसहितको आज दिउँसो ४ बजे सरकार दाबी गर्ने सहमति भएको एमाले संसदीय दलका नेता कार्कीले बताए ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका ४० जना सांसा छन् । माओवादी केन्द्रका १३, राप्रपाका को ६ र जसपाको १ जना सांसद छन् ।

कार्की एमालेका शेरधन राई मुख्यमन्त्री हुँदा प्रदेशका कानुन तथा आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए ।

तत्कालका लागि सरकारको नेतृत्वमा सहमति बनेको उल्लेख गर्दै माओवादी केन्द्रका एक नेताले अन्य पदमा बाँडफाँटका विषयमा पछि फेरि छलफल हुने बताए ।

सरकारको नेतृत्व एमालेले गर्ने र सभामुखमा माओवादीका नेताले जिम्मेवारी पाउने प्रारम्भिक सहमति बनेको नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *