यस्तो रहनेछ आइतबारदेखि मंगलबारसम्मको मौसम

काठमाडौं । पुस महिनाको अन्तिम सातातिर आइपुग्दा मुलुकभर चिसो अझ बढेको छ । केही दिनयता तराईका जिल्लामा बिहानैदेखि बाक्लो हुस्सु लाग्ने गरेको छ ।

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य भूभागमा भने आज मौसम सामान्यतः सफा रहनेछ ।

बिहानीपख तराईका धेरै भूभागहरूमा हुस्सु र कुहिरो लागेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ ।

आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार भोलि सोमबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा मौसम सामान्यतस् सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तराईका धेरै भूभागमा बाक्लो हुस्सु र कुहिरो लाग्दा दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले सावधानी तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *