कानूनी साक्षरता अभियानमा सक्रिय बन्दै अधिवक्ता

काठमाडौं । अधिवत्ता बिष्णुकुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।

कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यवस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानिन भनेर क्षमा नपाउने भएकाले सबैका लागि कानुनबारे जान्नु आवश्यक रहेको उनको भनाइ छ ।

कानुनका कुराहरु सर्वसाधारणलाई जानकारी दिलाउने उद्देश्यले कानुनी साक्षरता अभियान सञ्चालन गर्नुपर्ने अवस्था रहेको अधिवत्ता गिरीले बताएका छन् ।

अनलाइन नवीकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्दामा सफलता हासिल गरेका उनको यो नयाँ अभियान हो ।

विभिन्न सञ्चार माध्यममार्फत् पनि उनले कानुनी साक्षरतासम्बन्धी सन्देशमूलक लेख रचनाहरु प्रकाशन गर्दै आएका छन् ।

पछिल्लो अभियानका क्रममा स्थानीय तहको समन्वयमा विभिन्न जिल्ला तथा स्थानीय तहहरुमा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएका हुन् ।

यसैगरी महिला कानूनी साक्षरता तालिम तथा जनप्रतिनिधिहरुलाई कानूनसम्बन्धी तालिम दिने तयारी पनि भइरहेको गिरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *