रूस-युक्रेन युद्ध ३६ घण्टाका लागि विराम

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध ३६ घण्टाका लागि विराम गर्न रक्षामन्त्रीलाई निर्देशन दिएका छन् ।

राष्ट्रपति पुटिनले ‘अर्थोडक्स क्रिसमस’ लाई लक्षित गर्दै शुक्रबारदेखि लागू हुने गरी अस्थायी युद्धविरामको आदेश दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

रुस र युक्रेन दुवै देशमा बसोबास गर्ने अर्थोडक्स क्रिस्चियनले जनावरी ७ मा क्रिसमस मनाउँछन् ।

पुटिनले युक्रेनलाई पनि युद्धविराम गर्न आह्वान गरेको भए पनि युक्रेनले अस्वीकार गरेको छ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी डोनेत्स्क क्षेत्रमा युक्रेनी सेनाले लिइरहेको अग्रतालाई रोक्ने प्रयासस्वरुप युद्धविरामको घोषणा गरिएको आरोप लगाएका छन् ।

रुसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले विज्ञप्ति जारी गरी रुसी अर्थोडक्स चर्चका प्रमुख पेट्रिआर्क किरिलको आह्वानमा युद्धविरामको घोषणा गरेको जनाएको छ ।

किरिलले बिहीबार दुवै पक्षलाई क्रिसमसको अवसरमा युद्धविराम गर्न आग्रह गरेका थिए ।

यो युद्धविराम शुक्रबार दिउँसो १२ बजेदेखि सुरु भएर शनिबार राती १२ बजेसम्म सकिने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *