चुनावका बेला ज्यान गुमाएका युवकका परिवारलाई सरकारको १० लाख

काठमाडौं । मंसिर ४ गते भएको आमनिर्वाचनका बेला ज्यान गुमाएका बाजुराका सञ्जीव अयडी र चेतनदीप अयडीका परिवारलाई सरकारले १०/१० लाख रुपैयाँँ राहत सहयोग दिने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
निर्वाचनका बेला त्रिवेणी नगरपालिका ७ दम्थास्थित निर्वाचन केन्द्रमा झडप हुँदा प्रहरीले गोली चलाएको थियो । त्यस क्रममा २५ वर्षीय सञ्जीव अयडीको मृत्यु थियो । नेकपा एमालेनिकट चेतनदीप अयडीको भने अर्को स्थानमा भएको झडपमा मृत्यु भएको थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले पत्रकार सम्मेलन मार्फत् सरकारले उनीहरुको परिवारलाई सहयोग गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
प्रतिक्रिया