रवि लामिछाने विरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिट निवेदनमाथि आज शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा सनुवाइ हुने भएको छ ।
रिट निवेदक रविराज बसौलाले रविलाई सांसदको सपथ ग्रहण नगराउन अन्तरिम आदेशको माग गरेका थिए । अदालतले अन्तरिम आदेश भने दिएको थिएन ।
पुस ६ गते भएको सुनुवाईमा विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरिएको थियो । विपक्षीका तर्फबाट लिखित जवाफ पेस भइसकेको छ ।
अमेरिका बसेर फर्केका लामिछानेले खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै उनको सांसद पद खारेज हुनुपर्ने माग सहितको रिट गत मंसिर २८ गते सर्वोच्च अदालतमा दर्ता भएको थियो ।
प्रतिक्रिया