भीरबाट बस खस्दा ६ जनाको मृत्यु

काठमाडौं । पाल्पामा बिहीबार राति भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बस सडकबाट भीरमा खसेको प्रहरीले जनाएको छ ।

रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको ग १ ख ४९७७ नम्बर बस दुर्घटना भएको हो ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने सत्यवती खुर्साने गाउँका ६ जना महिला छन् ।

दुर्घटनामा ५४ वर्षीया खेमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनी गाहा, २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।

बस सडकबाट ६० मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ । प्रहरी तथा स्थानीयले उद्धार गरी घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *