अस्पतालहरुमा चिसोका कारण हुने बिरामीको चाप

काठमाडौं । देशभर चिसो बढेसँगै चिसोका कारण हुने स्वास्थ्य समस्या बढेको छ । ज्वरो, रुघाखोकी, झाडापखाला तथा छालासम्बन्धी समस्या धेरै बालबालिकामा देखिएको चिकित्सकले बताएका छन् । खासगरी बालबालिका र वृद्धवृद्धामा चिसोका कारण हुने स्वास्थ्य समस्या बढेको पाइएको छ ।

यस्तो समस्या तराईका जिल्लाहरु तथा काठमाडौं उपत्यकामा बढी देखिएको छ ।

तराईका जिल्लामा बाक्लो हुस्सु लाग्ने क्रा जारी रहेकाले चिसोको प्रभाव अत्यधिक देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वको झापा, विराटनगरदेखि सिरहा, जनकपुर, काठमाडौं उपत्यका तथा पश्चिम तराईका जिल्लाहरुमा रहेका स्वास्थ्य संस्थामा चिसोका कारण बिरामी भएर उपचारका लागि अस्पताल पुग्नेको संख्या बढेको छ ।

शीतलहर र हुस्सुले तराईको जनजीवन प्रभावित बन्दा बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।

बालबालिका र ज्येष्ठ नागरिकमा निमोनियाँ र रुघाखोकीको संक्रमण देखिएको छ । अस्पतालमा बिरामीको चाप बढेको बर्दिया अस्पतालका बाल रोग विशेषज्ञ डा. विश्वनाथप्रसाद साहले जानकारी दिए ।

यस वर्ष अस्पताल पुग्ने धेरैजसो बालबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ । गत वैशाखमा काठमाडौंस्थित कान्ति बाल अस्पतालमा ११ हजार १५ बालबालिकाले बहिरंग सेवा लिएकामा मंसिरमा ९ हजार २ सय ४७ जनाले सेवा लिएका थिए ।

रुघाखोकीजन्य रोगका कारण वैशाखमा ७५ जना भर्ना भएकोमा मंसिरमा बढेर २ सय १८ जना पुगेको छ ।

केही बालबालिकामा निमोनियाँ, रोटा भाइरसका कारण हुने झाडापखालासमेत देखिएको चिकित्सकले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *