साबिक विजेता एपीएफलाई हराउँदै संकटा फाइनलमा

पोखरा । संकटा क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको सेमिफाइनल खेलमा साबिक विजेता सशस्त्र प्रहरी (एपीएफ) को चुनौतीलाई ४–१ को फराकिलो गोल अन्तरले पन्छाउँदै फाइनल यात्रा तय गरेको हो ।

संकटाका लागि विदेशी खेलाडी मेसुके र स्टेफन विनोंङले २–२ गोल गरे ।

खेलको पाँचौं मिनेटमा स्टेफन विनोंङले पहिलो गोल गरेका थिए । ७४औं मिनेटमा सशस्त्रले आवास लामिछानेको पासलाई वैकल्पिक खेलाडी हरि कार्कीले गोल फर्काएका थिए ।

८६औं मिनेटमा संकटाले अन्तिम गोल गरेको थियो । दुई गोल गरेका स्टेफन म्यान अफ दी म्याच घोषित भए ।

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको उत्पादन आहा रारा चाउचाउको मुख्य प्रायोजन रहेको २२औं संस्करणको आहा रारा पोखरा गोल्डकपको दोस्रो सेमिफाइनल खेल भुटनिज युथ स्पोर्टस क्लब मिनेसोटा अमेरिका र चर्च ब्वाइज युटाइटेडबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *