सुदूरपश्चिम सरकारका लागि एक साताभित्र दाबी गर्न आह्वान

काठमाडौं । निर्वाचन सम्पन्न भएको करिब डेढ महिनापछि सुदूरपश्चिममा प्रदेश सरकार गठनको तयारी सुरु भएको छ ।

प्रदेश प्रमुख देवराज जोशीले एक साताभित्र मुख्यमन्त्रीमा दाबी गर्न आह्वान गरेका छन् ।

प्रदेश प्रमुख जोशीले बुधबार विज्ञप्ति जारी गरी प्रदेशसभा सदस्यलाई एक साताभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका हुन् ।

पुस २७ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्ने सकिने विज्ञप्तिमा जनाइएको छ । उनले कुनै पनि दलको स्पष्ट बहुमत नदेखिएकाले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आह्वान गरेका हुन् ।

पुस २७ गते बेलुका ५ बजेसम्म दाबी पेस गर्ने सकिने विज्ञप्तिमा उल्लेख छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठन गर्न २७ सांसद आवश्यक पर्छ ।

सत्तारुढ गठबन्धन र नागरिक उन्मुक्ति पार्टीबीच नेतृत्वका विषयमा कुरा नमिलेपछि सरकार गठनमा समस्या भएको हो । नेपाली कांग्रेससले कमलबहादुर शाहलाई बुधबार दलको नेता चयन गरेको छ ।

माओवादीले खगराज भट्टलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीमा अघि सारेको छ । एमालले राजेन्द्र रावललाई दलको नेता चयन गरेको छ भने एकीकृत समाजवादीले दीर्घ सोडारीलाई संसदीय दलको नेता चयन गरेको छ ।

नेतृत्व कुन दलले गर्ने भन्ने टुंगो लागेको छैन । नेतृत्वका लागि सत्ता गठबन्धनभित्रै दौडधुप छ ।

सुदूरपश्चिममा गठबन्धनभित्रको सबैभन्दा ठूलो दल भएकाले मुख्यमन्त्री आफैंले पाउनुपर्ने माओवादीको दाबी छ । नागरिक उन्मुक्ति पार्टीले पनि नेतृत्वको दाबी गरेको छ ।

माओवादीले रामेश्वर चौधरीलाई दलको नेता चयन गर्दै मुख्यमन्त्रीको दाबी गरेको छ ।

सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई मिलाउन सके सत्ता गठबन्धनबाहेकको पनि सरकार बन्ने अवस्था छ । सो पार्टीले केन्द्रमा समर्थन जनाए पनि सरकारमा नगएको र सुदूरपश्चिममा पनि नेतृत्व दाबी गरेपछि दलहरूलाई सकस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *