कुमारको ‘अल्लारे सोझो म्ही’ दर्शकमाझ

काठमाडौँ । तामाङ मेगास्टार कुमार मोक्तान अभिनित ‘अल्लारे सोझो म्ही’ बजारमा आएको छ ।
ओेएसआर डिजिटलबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । तामाङ मेगास्टार कुमार मोक्तान वर्तमान तामाङ चलचित्र संघका अध्यक्ष समेत हुन् ।
प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन गरेका हुन् ।
गायक प्रकाश लामा र गायिका बिना घलेको आवाज रहेको गीतलाई दिपेश प्रधानले मिक्सिङ गरेका हुन् ।
अजय स्याङ्तानको निर्देशनमा बनेको उक्त भिडियोलाई नरेन मोक्तानले कोरियोग्राफी, बिक्रम मोक्तानले छायांकन, राजेन्द्र मोक्तानले कलर गरेका हुन् ।
भिडियोको तामाङ मेगास्टार कुमार मोक्तान र रोहनी लामाको आवाज छ ।
प्रतिक्रिया