पूविवि स्थापना दिवसमा प्राध्यापक र कर्मचारीलाई दीर्घ सेवा पदक

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूविवि) स्थापना दिवसका अवसरमा नौजना प्राध्यापक र २० जना कर्मचारीलाई दीर्घ सेवा पदकबाट सम्मानित गरिएको छ ।

दीर्घ सेवा पदकबाट विभुषित हुनेहरूमा प्रा. मोहनबहादुर बस्नेत, सहप्राध्यापकहरू बोधहरी आचार्य, डा. रमेशबावु काफ्ले, डा. धर्मेन्द्रकुमार सिंह, बालेन्दु हमाल ठकुरी छन् ।

यस्तै, उपप्राध्यापकहरू दिनेशराज सुवेदी, डा. दिलिपकुमार भगत, डा. निरजकुमार मिश्र र रामनारायण विच्छा दीर्घसेवा पदकबाट विभुषित हुनु भएका छन् ।

कर्मचारीतर्फ सुकेश कर्ण, धिरेन्द्रकुमार मल्लिक, रमेशप्रसाद अधिकारी, अञ्जना शर्मा, लक्ष्मी कार्की खड्का, दिपकराज कार्की, नारायणप्रसाद पोखरेल, उर्मिला श्रेष्ठ, राजकुमार सापकोटा सम्मानित भएका छन् ।

यसैगरी, लक्ष्मी पोखरेल होमनाथ निरौला, सुजित प्रधान, हरीप्रसाद सुवेदी, प्रल्हाद अधिकारी, भेषराज घिमिरे, सीताराम शर्मा, प्रकाश भुजेल, विगारू राजवंशी, नवकुमारी भण्डारी र जयकृष्ण अधिकारी विभुषित भएका छन् ।

विश्वविद्यालयले २० वर्ष सेवा अवधि पुरा गरेका प्राध्यापक कर्मचारीलाई दीर्घ सेवा पदकबाट विभुषित गर्दै आएको छ ।

सम्मानमा आयोजित कार्यक्रममा उपकुलपति प्रा. डा. यादवराज कोइरालाले मुलुकको शिक्षा क्षेत्र थिलथिलो भएका यसबाट जोगाउन संवेदनशील हुनुपर्ने बताए ।

विश्वविद्यालयको २९ औं स्थापना दिवसका अवसरमा उनले शिक्षासँग सरोकार राख्ने सबैपक्ष मिलेर शिक्षाको स्तर उकास्न लाग्नुपर्नेमा जोड दिए ।

शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुको विकल्प नभएको उपकुलपति कोइरालाको भनाई छ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा. डा. महेश्वर दाहालले विभुषित प्राध्यापक र कर्मचारीलाई बधाई दिँदै शैक्षिक तथा विश्वविद्यालयको उन्नयनमा क्रियाशील हुन शुभकामना दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *