कहाँ हराए विदेश गएका ४१० जना नेपाली ?

काठमाडौं। वैदेशिक रोजगारीमा गएकामध्ये ४१० जना नेपाली लामो समयदेखि सम्पर्कविहीन रहेको पाइएको छ।
उनीहरु परिवार र आफन्तको सम्पर्कमा छैनन्। कहाँ छन् र कस्तो अवस्थामा छन् भन्ने पनि पत्तो छैन।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ुनेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ु मा विश्वका विभिन्न ४ देशमा ४१० जना नेपाली श्रमिक हराएको उल्लेख छ।
सन् २०२१–२२ मा सबैभन्दा धेरै यूएईमा दुई सय ५४ जना हराएका छन् तीमध्ये १९ महिला छन्। यूएईमा २०२० मा १० जना हराएको तथ्यांक थियो। २०२१ मा त्यो संख्या बढेर १२ पुगेको थियो।
यसैगरी मलेसियामा १०५ जना नेपाली हराएका छन्। तीन वर्ष पहिले तीन सय जना हराएकोमा अहिले त्यो संख्या घटेको हो।
कुवेतमा पनि १० महिलासहित ४८ जना यो वर्ष हराएका छन्। यस्तै साउदी अरबमा २ र ओमानमा १ जना हराएका छन्।
यो संख्या दूतावासमा वा परराष्ट्रमा खोजी गरिदिनको लागि आएका निवेदनका आधारमा तयार पारिएको प्रतिवेदनमा उल्लेख छ।