स्रोतामाझ बिनुको ‘जीवन मुस्कुराउनेछ’

काठमाडौं । शिव भजन संग्रह ‘जीवन मुस्कुराउनेछ’ बिमोचन गरिएको छ । बुधबार राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा एल्बम बिमोचन गरिएको हो ।

आठवटा भजनहरु संग्रहित एल्बममा डा. बिनु बाबा अर्यालको एकल शब्द, योगेन्द्र उपाध्यायको एकल संंगीत र मोहन के. राईको एकल स्वर छ । डश म्युजिकले उत्पादन तथा बजार ब्यवस्थापन गरेको एल्बम विभिन्न सर्जकहरुले संयुक्त रुपमा गरेका थिए ।

प्रमुख अतिथि प्राध्यापक तथा बरिष्ठ गीतकार डा. कृष्णहरि बरालसहित बरिष्ठ गायिका संगीता राना प्रधान, बरिष्ठ गीतकार एसपी कोइराला, बरिष्ठ गीतकार चुडामणि देवकोटा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार उपाध्याय, गीतकार अर्याल, बरिष्ठ संगीतकार किरण कंडेल, बरिष्ठ संगीतकार बिष्णु अधिकारी,चर्चित संगीतकार शंकर थापा स्माइल,डश म्युजिककाअध्यक्ष डिपी खनाललगायतले बिमोचन गरेका हुन् ।

एल्बममा समावेश भजनहरुमा बिश्व अधिकारी, सुवास जोशी, संगीतकार उपाध्याय र सञ्जप्व दर्नालको संगीत संयोजन छ ।

प्रमुख अतिथि बरालले गीतकार अर्यालले प्राध्यापन पेशामा रहदै बिभिन्न पुस्तकहरु समेत लेखिसकेको स्मरण गर्दै गीतकारका रुपमा पनि आफूले उत्तिकै अब्बल पाएको बताए । भक्तिभावलाई उत्कृष्ठ ढंगले शब्दहरुमा बन्न सफल भएको भन्दै उनले एल्बममा समावेश गीतहरुले भगवानप्रतिको महिमा थप बढाउने विश्वास व्यक्त गरे ।

१२ वर्षअघि भक्ति संगीत प्रयोगितामा प्रथम भएर सांगीतिक क्षेत्रमाआएका योगेन्द्रले अर्यालका शब्दहरुमा प्राण भरेको उनको भनाई छ । उनले योगेन्द्रमा संगीतको सैद्धान्तिक र ब्यावहारिक दुबै ज्ञान भएको कारण पनि एल्बममा समावेश गीतहरु उत्कृष्ट बनेको जनाए ।

संगीतकार संघका अध्यक्ष चेतन सापकोटाले आफू भगवानमा आस्था नराख्ने भए पनि यो एल्वममा समावेश गीतहरु सुन्दा भगवानप्रतिको आस्था जागेको जनाए । एउटा स्रष्टाका लागि सबैभन्दा ठूलो उपलब्धि यही भएको भन्दै उनले योगेन्द्र संगीतकार संघका लागि गौरव रहेको जनाए ।

गीतकार अर्यालले आफू पहिलेदेखि नै शिबभक्तिमा रहेको सुनाउँदै आफ्ना भजनहरु बारे प्रकाश पारेकी थिइन् । यस्तै संगीतकार उपाध्यायले आफुले आफ्ना कृतिहरुलाई दस्तावेजीकरण गर्न अर्यालसँगको सहकार्यमा यो एल्वमतयार पारेको जनाए ।

उनले आफूले शब्दको भावअनुसार संगीत सिर्जना गर्ने कोसिस गरेको बताए । हाल क्यानाडामा रहेका कारण गायक राईले डिजिटल प्रबिधिको प्रयोग गर्दै आफ्नो भनाई राखेका थिए । उनले आफू प्रवासमा रहेर पनि गीत संगीतमा निरन्तर लागेको भन्दै छिट्टै अर्को एल्वमका साथ भेट्ने बाचा उनले गरे ।

प्रमुख अतिथि बरालले एल्बममा समावेश गीतहरुको समीक्षा गरेका थिए । वरिष्ठ संगीतकार सिंह, बरिष्ठ गीतकार कोइराला, डस म्युजिकका अध्यक्ष खनाललगायतले एल्बमबारे चर्चा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *