इन्द्रमोहन स्मृति गुठीद्वारा तीन पुरस्कार घोषणा

विराटनगर । इन्द्रमोहन स्मृति गुठी धनकुटाले प्रत्येक दुई वर्षमा प्रदान गर्ने तीन पुरस्कारको घोषणा गरेको छ ।

गुठीले यस वर्षको डा. विमला श्रेष्ठ साहित्य पुरस्कार नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि कवि डा. राजेन्द्रप्रसाद अधिकारीलाई प्रदान गर्ने भएको छ ।

यसैगरी गुठीले यस वर्षको ओम–इन्द्रमोहन स्मृति गीत सङ्गीत पुरस्कार गीत सङ्गीतको क्षेत्रमा दिएको योगदानका लागि गायक कलाकार दीपक खरेललाई दिइने भएको छ ।

यस्तै ओम–इन्द्रमोहन स्मृति पत्रकारिता पुरस्कार पत्रकारिता पत्रकारिताको क्षेत्रमा दिएको योगदानका लागि पत्रकार मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

तीनैजनालाई चार दशकभन्दा बढी समयदेखि दिएको योगदानका लागि उक्त पुरस्कार प्रदान गरिएको हो । उक्त तिनै पुरस्कारको राशि जनही २१ हजार रुपैयाँ छ ।

कवि अधिकारीका ‘खै, के हाँस्नु?’ ‘आयान कुर्दी’, ‘आजको आकाश’ लगायत कृति प्रकाशित ।

कलाकार खरेल ‘तिम्रो त्यो हँसिलो मुहारको झझल्को जब आउँदा’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘यो कर्मभूमिको आँगनमा’, ‘बादल बनाई देऊ आकार बदल्न सकूँ’ जस्ता गीतहरू प्रसिद्ध छ्न् ।

पत्रकार भण्डारी विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकका सम्पादक हुन् । गुठीका प्रमुख संरक्षक डा. विमला श्रेष्ठको उपस्थितिमा गुठीका अध्यक्ष विवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले पुरस्कारको निर्णय गरेको हो ।

गीत सङ्गीत र पत्रकारिता पुरस्कारको संस्थापक स्व. ओमकार श्रेष्ठ र साहित्यिक पुरस्कारको संस्थापक डा. विमला श्रेष्ठ छिन्। पुरस्कार आगामी फागुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिने पोखरेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *