चिसो बढ्दो, काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस

काठमाडौं । पुस दोस्रो साता सकिन लाग्दा काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम जारी छ । मंगलबारभन्दा सबैतिरको तापक्रम घटेको छ । काठमाडौंमा बुधबार बिहान न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस मापन गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । देशका अन्य क्षेत्रमा पनि न्यूनतम तापक्रम निरन्तर घटिरहेको छ ।

ताप्लेजुङको ३ दशमलव ५ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस पुगेको छ ।

यसैगरी लुम्लेको ४, डडेल्धुराको ४ दशमलव ४ डिग्री सेल्सियस छ । जिरीको न्यूनतम तापक्रम माइनस १ दशमलव ८, जोमसोमको माइनस ५ र जुम्लाको माइनस ६ दशमलव ५ डिग्री सेल्सियस छ ।

पहाडी क्षेत्र र तराईका जिल्लामा हुस्सु कुहिरो लागेको छ । आज बुधबार प्रदेश १ को पहाडी क्षेत्रको मौमस आंशिकदेखि सामान्य बद्ली हुने र बाँकी ठाउँको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *