मनमोहन विश्वविद्यालयका शिक्षक-कर्मचारी आन्दोलित, विद्यार्थीको पनि साथ

विराटनगर । देशको पहिलो प्राविधिक विश्वविद्यालय मनमोहन प्राविधिक विश्वविद्यालयका शिक्षक, प्राध्यापक र कर्मचारीहरु आन्दोलित बनेका छन् ।
यसअघि विभिन्न समयमा आफ्ना मागहरु प्रस्तुत गरिए पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि उनीहरु फेरि आन्दोलनमा उत्रिएका हुन् ।
पुस ११ र १२ गते उनीहरुले भिसी कार्यालयअघि धर्ना दिएका थिए । आज बुधबारबाट शिक्षकहरुले ‘पेन डाउन’ सुरु गरेका छन् । उनीहरुको आन्दोलनमा विद्यार्थीहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
स्थायित्वको सुनिश्चिततालगायत विभिन्न माग कर्मचारी र प्राध्यापकहरुले अघि सारेका छन् ।
विश्वविद्यालय सम्वद्ध कर्मचारी संघ र प्राध्यापक संघले स्थायित्व र नियमित बढुवाको सुनिश्चितता गर्न माग गरेका छन् । ‘मनमोहन पोलिटेक्निक’ लाई विश्वविद्यालय बनाउन आफूहरुको पनि महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुले यसलाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।
प्राध्यापक संघकी अध्यक्ष सविता गौतमका अनुसार कम्तीमा आठ वर्षदेखि काम गर्दा पनि करार सेवाका शिक्षक, प्राध्यापकहरुको स्थायित्वको सुनिश्चितता हुन सकेको छैन । कतिपयलाई १० देखि १२ वर्ष वर्षसम्म पनि अस्थायीका रुपमा राखिएको उनको भनाइ छ ।
‘विश्वविद्यालय बनाउन हाम्रो पनि महत्वपूर्ण योगदान छ, परिश्रम परेकोछ’ गौतमले भनिन्, ‘तर त्यसअनुसार सबैलाई समान व्यवहार हुन सकेको छैन ।’
कर्मचारी संघकी अध्यक्ष प्रकृति भट्टराईले माग प्रस्तुत गरेर पूरा गराउनका लागि पटक–पटक आग्रह गर्दा पनि विश्वविद्यालय प्रशासनले बेवास्ता गरेपछि आन्दोलनमा उत्रनु परेको बताइन् ।
विश्वविद्यालय प्रशासनले मनोमानी गरिरहेको र निर्णयहरु संस्थागत नभएको आरोप आन्दोलनकारीको छ ।
विश्वविद्यालयभित्र कर्मचारी, शिक्षक र प्राध्यापकहरुको विकास वृत्तिका लागि समान रुपमा व्यवहार हुनुपर्नेमा विकृति बढेको गुनासो व्याप्त छ ।
यसअघि उनीहरुले प्रस्तुत गरेको १८ बुँदो मागपत्रमा विश्वविद्यालय प्रशासनले केही सुनुवाइ गरेको छैन । मौखिक रुपमा आश्वासनमात्र दिने काम भएपछि शिक्षक र कर्मचारीले दबाबमूलक आन्दोलनको बाटो रोजेका हुन् ।
२०६५ सालमा स्थापित मनमोहन पोलिटेक्निकले प्राविधिक जनशक्ति उत्पादनमा प्राप्त गरेको शैक्षिक सफलता र लोकप्रियताको मूल्यांकन गर्दै प्रदेश १ सरकारले मुलुककै पहिलो प्राविधिक विश्वविद्यालयमा रुपान्तरण गरेको हो ।
२०७६ असोज ६ गते प्रदेशसभाबाट मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित भएपछि उक्त पोलिटेक्निकलाई विश्वविद्यालयमा परिणत गर्ने प्रक्रियाको बाटो खुलेको थियो ।
यस्ता छन् माग-
Yo support hoina teacher haru ko against birodh ho . Galti news nahlanu hola.