नेपाल टी-ट्वान्टी लिगः पोखरा, लुम्बिनी, काठमाडौं र जनकपुर भिड्दै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगितामा आज मंगलबार दुईवटा खेलहरु हुँदैछन् ।

प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टारबीच पहिलो खेल हुँदैछ । लुम्बिनीले यसअघिका दुई खेलमा जित निकालेको थियो ।

लुम्बिनी २ खेलमा ४ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा छ । पोखरा भने दुई खेल खेल्दा अंकविहीन अवस्थामा छ ।

यस्तै, काठमाडौं नाईट्स र जनकपुर रोयल्सबीच खेल हुदैछ । खेल दिउँसो १ बजे बाट सुरु हुनेछ ।

दुई खेलमा लगातार दुई जित हात पारेको जनकपुर तेस्रो जितको खोजीमा छ भने जनकपुर २ खेलमा ४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । लिगको विजेताले ५५ लाख पाउने जनाएको छ । उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने तेस्रोले १० लाख र चौथोले ५ लाख पाउने छन् ।

जारी लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्ट युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *