संघीय संसदको पहिलो बैठक पुस तेस्रो साता

काठमाडौं । संघीय संसदको पहिलो बैठक पुसको तेस्रो साता बोलाइने भएको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त दिन संसद वैठक बोलाउने निर्णय गरेको गरेको हो ।

बैठकले पुस २९ अगावै संघीय संसदको बैठक बोलाउने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।

निर्वाचनको अन्तिम परिणााम आएको एक महिनाभित्रै संसद बैठक बोलाउनुपर्ने व्यवस्था भएकाले मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषदको पहिलो बैठकपछि सिंहदरबारमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संघीय संसदको अधिवेशन बोलाउने निर्णय लिएको जानकारी दिए ।

मुलुकको जटिल र चुनौतीपूर्ण अर्थतन्त्रलाई सुधार्ने सरकारको पहिलो काम भएको पनि उनले बताएका छन् । नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प्रभावकारी उपायबाट समाधान गर्ने आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको दाहालको भनाइ छ ।

प्रधानमन्त्री दाहालले राहदानी, लाइसेन्समा आमसर्वसाधारण जनताले खेप्नु परिरहेको समस्यालाई समाधान गर्नेकुरा पनि पहिलो प्राथमिकतामा रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *