बन्यो आठ सदस्यीय मन्त्रिपरिषद, गृहमन्त्रीमा लामिछाने, अर्थमन्त्री पौडेल

काठमाडौं । एमाले नेतृत्वको गठबन्धनका तर्फबाट नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

मन्त्रिपरिषदमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।

माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी पाएका छन् ।

ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ ।

मन्त्रीहरुले शीतलनिवासमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ दिएका छन् ।

गठबन्धन दलहरुबीच छलफलपछि अरु मन्त्रालयको जिम्मेवारी ककसलाई दिने भन्ने टुंगो लगाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *