दाहालको नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल बन्दै

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन हुने भएको छ ।

एमालेसहित सात दलको नयाँ गठबन्धनका तर्फबाट प्रधानमन्त्री बनेका दाहालले शपथग्रहण गरेलगत्तै मन्त्रिमण्डल गठन गर्न लागिएको हो ।

मन्त्रीको सूचीसहित पद तथा गोपनीयताको शपथ लिन नवनियुक्त प्रधानमन्त्री दाहाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली पनि शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि दाहालले सातजना मन्त्रीलाई पनि शपथ खुवाउने छन् ।

पहिलो चरणमा माओवादीबाट प्रधानमन्त्री दाहालसहित नारायणकाजी श्रेष्ठ सरकारमा सहभागी हुने भएका हुन् । श्रेष्ठले उपप्रधानमन्त्री पाउने जनाइएको छ ।

एमालेबाट विष्णु पौडेलको नेतृत्वमा चारजना सरकारमा सहभागी हुने भएका छन् । पौडेलले उपप्रधानमन्त्री र अर्थ मन्त्रालय पाउने जनाइएको छ ।

एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राईले पनि मन्त्री बन्ने भएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

गठबन्धनमा आबद्ध सीके राउत नेतृत्वको जनमत पार्टीबाट उपाध्यक्ष अब्दल खान सरकारमा सहभागी हुने भएका छन् । उनी समानुपातिकर्फबाट सांसद बनेका हुन् । जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *