सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा थपियो नयाँ उद्योग

विराटनगर । सुनसरीको दुहबी नगरपालिकामा स्थापित स्वस्तिक रोलिङ मिलले व्यावसायिक उत्पादन सुरु गरेको छ । उद्योगको उत्पादन–क्षमता प्रति दिन ५०० टन छ ।

मिलमा गोल्छा समूहका राजकुमार गोल्छा र हिमांशु गोल्छा तथा स्वस्तिक ग्रुपपका जीवन रिजाल र रमेश राठीको लगानीमा सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा नयाँ उद्योग सञ्चालनमा ल्याइएको हो । मिलमा २ अर्ब ५० करोडको लगानी छ । आफ्नै मेल्टिङ युनिट रहेको मिलले कच्चा पदार्थबाट बिलेट उत्पादन गर्ने जनाइएको छ । उद्योगले ७ एमएम देखि ३२ एमएम सम्मका टीएमटी छडको छडको उत्पादन गर्छ ।

मिल व्यवस्थापनका निर्देशकमध्येका एक रमेश राठीका अनुसार सुनसरी–मोरङ औद्योगिक क्षेत्रअन्तर्गत दुहबी नगरपालिका वडा नम्बर १ परास्टोकीमा मिल सञ्चालनमा ल्याइएको हो ।

स्वस्तिक रोलिङले बिलेटको पनि व्यावसायिक कारोवार गर्ने रमेशले बताए । उद्योगले बिलेटबाट बजरङ्ग ब्रान्डमा टीएमटी छड, बिलेट, एङल, च्यानल र आई बिमको उत्पादन गरिरहेको छ ।

एङ्गल, च्यानल र आइबिमको प्रयोग साना–ठूला सबै खाले घर बनाउन, घरमा ट्रस्ट हाल्न, विद्युत प्रसारण लाइनको टावर बनाउन, सेडहरु बनाउने सामग्री उक्त उद्योगले उत्पादन गरिरहेको छ ।

बजरङ्ग ब्रान्डको टीएमटी छडले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर चिह्न प्राप्त गरिसकेको व्यवस्थापनले जनाएको छ ।

मिलमा उत्पादित टीएमटी छडको प्रयोग ठूला जलविद्युत् आयोजना, सडक, बहुतले भवन, पुल र सबै खाले परियोजनाहरुमा गर्न सकिने जनाएको छ ।

राठीका अनुसार उद्योगको सबैभन्दा बढी ध्यान टीएमटीको उत्पादन र विक्री–वितरणमा छ । परीक्षण उत्पादनका अवधिमा नै टीएमटीको रेस्पोन्स र प्रतिक्रिया सबैतिरबाट राम्रो आएको उनले बताए ।

मिल हाल ६० प्रतिशत क्षमतामा चलिरहेको उल्लेख गर्दै राठीले ३ सय कामदार रहेको बताए । एक महिनापछि मिललाई पूर्ण क्षमतामा चलाएर ६ सय कामदारलाई काम दिइने उद्योगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *