विराटनगरमा संस्कृत भाषा प्रशिक्षण

विराटनगर । विराटनगरमा संस्कृत भाषा र स्वाध्याय वर्ग प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
विराटनगरको पान्चालीमा रहेको लक्ष्मीनारायण मन्दिर एवं लक्ष्मीनारायण वेद विद्याश्रम र नेपाल शिक्षण परिषदको सहकार्यमा प्रशिक्षण आइतबार सुरु भएको हो ।
त्यसअन्तर्गत १० दिवसीय संस्कृत भाषा प्रशिक्षण र ४ दिवसीय प्राज्ञ आचार्य स्वाध्याय वर्ग प्रशिक्षण (गुरुकुलका शिक्षकहरुको तालिम) सञ्चालन हुनेछ ।
प्रशिक्षणमा देशभरका ३ सय गुरुकुलका प्रतिनिधिहरु सहभागी छन् । पुस २१ गते सम्म प्रशिक्षण सञ्चालन हुने लक्ष्मीनारायण मन्दिरका पिठाधीश अच्युत प्रपन्नाचार्यले जानकारी दिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुली र स्वामी देवराजाचार्यले संयुक्त रुपमा प्रशिक्षणको शुभारम्भ गरेका थिए ।
विद्यालयहरुमा नेपाली राष्ट्रिय भाषा र संस्कृतिको जगेर्नाका साथै संस्कृत भाषाको संरक्षणका लागि के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिने भएको छ ।
कार्यक्रममा स्वामी रामानुज नेपाल, मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल, विराटनगर महानगरका नगर शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडा, वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, पिण्डेश्वर विद्यापीठका प्राचार्य काशीनाथ पौडेल लगायतको सहभागिता थियो ।