प्रधानमन्त्रीको शपथपछि आजै सानो आकारको मन्त्रिपरिषद बनाइने

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सोमबार राष्ट्रपटिबाट शपथग्रहण गर्दैछन् । उनको शपथसँगै आजै सानो आकारको मन्त्रिपरिषद् गठन गरिने भएको छ ।
एमाले नेतृत्वको गठबन्धनमा आबद्ध दलका प्रतिनिधि सम्मिलित सरकार बन्ने क्रममा पहिलो चरणमा एमाले र माओवादीबाट मात्र मन्त्री नियुक्त हुने जनाइएको छ ।
त्यसपछि साना दलले निर्णय गरेपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने गठबन्धनको तयारी छ ।
दिउँसो ४ बजे प्रधानमन्त्रीको शपथग्रहण कार्यक्रम तय भएको छ । त्यसअघि नयाँ गठबन्धनबीच सरकारमा सहमागी हुने विषयमा छलफल भइरहेको छ ।
सरकारमा सहभागिताबारे छलफल गर्न एमाले, माओवादी लगायतका दलको आन्तरिक बैठक पनि बस्दैछ ।
एमालेले विष्णु पौडेलको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ । उनले अर्थमन्त्रीको जिम्मेवारी पाउने सम्भावना छ
प्रतिक्रिया