सात दलको सहमतिमा माओवादी अध्यक्ष दाहालको प्रधानमन्त्रीमा दाबी

तस्बिरः पुष्पकमल दाहालको सचिवालय।

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री बन्न आइतबार दाबी पेस गरेका छन् । सात राजनीतिक दलहरूको समर्थनसहित उनले दाबी पेस गरेका हुन् ।

दाहालले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको समर्थन लिएर दाहाल राष्ट्रपति निवास शीतल निवास पुगेका थिए ।

दाहाललाई प्रधानमन्त्री बनाउनका लागि हालसम्मको सहमति अनुसार १६६ सांसदको समर्थन जुट्ने अवस्था देखिएको छ ।

दाहालसहित शीतल निवासमा एमाले अध्यक्ष केपी ओली, रास्वपाका अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, जसपाका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरू पनि पुगेका थिए ।

यसैगरी स्वतन्त्र सांसद अमरेश सिंह पनि शीतल निवासमा पुगेका थिए । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सहमति नजुटेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीको निवास बालकोट पुगेर आफू प्रधानमन्त्री बन्न नयाँ सहमति जुटाएका थिए ।

सहमतिअनुसार आगामी साढे २ वर्षका लागि दाहाललाई प्रधानमन्त्रीमा समर्थन गर्ने र त्यसपछिको बाँकी कार्यकाल एमालेले सरकारको नेतृत्व गर्ने सहमति जुटेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *