कम्प्युटर एसोसिएसन अध्यक्षमा पौदार निर्वाचित

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) मा रणजित पौदारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शनिबार भएको १४औं महाधिवेशनबाट उनीसहित ४३ जना नयाँ कार्यसमितिमा निर्वाचिन भएका हुन् ।
अध्यक्ष र केही विधागत सदस्य सर्वसम्मत रुपमा चयन भएका थिए । केही पदका लागि भने मतदात गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष पौदारले नयाँ कार्यसमितिले सामूहिक भावना लिएर काम गर्ने बताएका छन् ।
अघिल्लो कार्यसमितिको तीन वर्षे कार्यकालमा सन्तोषजनक काम हुन नसकेको भन्दै पौदारले त्यसबेला अधिकांश समय कोभिड महामारीकै कारण काम गर्न नसकिएको उल्लेख गरे ।
प्रतिक्रिया