नेपाल टी-ट्वान्टी लिगः पहिलो खेलमा काठमाडौं विजयी

काठमाडौं । नेपाल टी–ट्वान्टी लिगअन्तर्गत शनिबार भएको पहिलो खेलमा काठमाडौंले विजयी सुरुआत गरेको छ । त्रिवि क्रिकेट मैदानमा काठमाडौंले पोखरा एभेन्जर्सलाई २६ रनले पराजित गरेको हो ।
काठमाडौंले दिएको १६३ रनको लक्ष्य पाएको पोखराले निर्धारित ओभरमा ७ विकेट गुमाएर रन मात्रै बनाउन सक्यो ।
पोखराका उपल थरङगाले सर्वाधिक ४४ रनको योगदान दिए । अमिर हमाज र अभिमन्यु मिथुनले समान १८-१८ रन बनाए ।
काठमाडौका लागि अबिनाश बोहोराले ३ तथा बसिर अहमदले २ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १९ ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको थियो ।
काठमाडौंका अजमातुल्लाह उमरजाईले ८५ रनको अविजित योगदान गरे । उनले ४२ बलमा ३ चौका र ७ छक्काको आक्रमक पारी खेले ।
यस्तै सुनाम गौतम २८ बलमा २७ रन, एलेक्स ब्लेक्सले २१ रन, विरनदिप सिंहले १० रन बनाए भने कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट भए ।
पोखराका प्रतिश जिसी र जाहिर खानले २-२ विकेट लिए । मौसम ढकालले १ विकेट हात पारे ।