जनजीवनमा उपयोगी हुने प्रविधि अनुसन्धानमा केन्द्रले सघाउने

काठमाडौं । महावीर पुनको नेतृत्वमा रहेको आविष्कार केन्द्रले आम जनजीवनमा उपयोगी हुने प्रविधिको अनुसन्धान र विकास गर्नेलाई मद्दत गर्ने भएको छ ।

केन्द्रका अध्यक्ष महावीर पुनले आफ्नो फेसबुक पेजमार्फत् यो जानकारी साझा गरेका छन् ।

विभिन्न क्षेत्रमा उपयोग हुने प्रविधिको अनुसन्धान तथा विकास गर्न इच्छुक समूहलाई केन्द्रमा सम्पर्क गर्न उनले फेसबुक पोष्टका माध्यमबाट आग्रह गरेका छन् ।

कृषकहरूलाई उपयोगी हुने औजारहरू र प्रविधिसहित स्वास्थ्य र सूचना प्रविधि क्षेत्रमा निकै उपयोगी हुने प्रविधिको अनुसन्धान तथा विकास गर्ने र व्यावसायीकरण गर्ने सोच भएका इच्छुक समूहलाई केन्द्रमा सम्पर्क गर्न आह्वान पनि उनले गरेका छन् ।

यो अनुसन्धान अन्तर्गत हुने कामको क्षेत्र भने गण्डकी प्रदेश रहने जनाइएको छ । गण्डकी प्रदेश सरकारको अनुदानमा केन्द्रले गर्न लागेको यो कार्यक्रम अन्तर्गत आफ्नो प्रस्ताव गण्डकी प्रदेशभित्रको क्षेत्रलाई समेट्ने गरी हुनुपर्ने पुनको भनाइ छ ।

अनुसन्धान गर्न राष्ट्रिय आविष्कार केन्द्रले अनुसन्धानकर्तालाई काम गर्ने ठाउँ, औजार, सामानहरू उपलब्ध गराउने पुनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *