एमडीएमएसमा दर्ता नभएका मोबाइल पुस १५ देखि नचल्ने

काठमाडौं । नियमअनुसार दर्ता नभएका विदेशबाट आयातीत मोबाइल पुस १५ गतेदेखि नचल्ने भएका छन् । विशेष प्रणालीमा दर्ता भएर मात्र मोबाइल सेटहरु चलाउन मिल्ने नियम अब पूर्ण रुपमा लागू गरिने भएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) लागू गर्ने भएको हो । यसअघि परीक्षणका रूपमा लागू भएको थियो ।

उक्त प्रणाली लागू भएपछि मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोग निरूत्सान हुने जनाइएको छ ।

चोरिएका साथै हराएका मोबाइल सेटको ‘ट्रयाकिङ ब्लकिङ’ गर्न पनि उक्त प्रणालीले सहयोग पुग्नेछ ।

एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदौभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिटको आईईएमइ नम्बर सहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरिएको छ ।

नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने भएको छ ।

व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनसहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा यो वेबसाइट गई दर्ता गर्न प्राधिकरणले अनुरोध गरेको छ ।

नेपालभित्रै मोबाइल खरिद गर्दा मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएममा दर्ता भए, नभएको यकिन गर्न पनि आग्रह गरिएको छ ।

मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्ण रूपमा स्वीकृति लिएर प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न मोबाइल आयातकर्ता बिक्रेतालाई प्राधिकरणले सूचित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *