नेपाल टी-ट्वान्टी लिग सुरू

काठमाडौं । नेपाल टी-ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको आज शनिबार सुरु हुँदैछ । प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पहिलो पटक हुन लागेको हो ।

उद्घाटन अवसरमा दुईवटा खेल हुने भएको छ । काठमाडौ नाईट्स र पोखरा एभेन्जर्स तथा अर्को खेल लुम्बिनी अल स्टार र फार वेस्ट युनाइटेडबीच हुने छ ।

कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ः१५ बाट सुरु हुनेछ भने दोस्रो खेल दिउँसो १ः१५ सुरु हुनेछ ।

६ वटा टिम सहभागी रहेको प्रतियोगिताअन्तर्गत दैनिक दुई खेल हुनेछ । फाइनल खेल २७ गते हुनेछ ।

पहिलो संस्करणको लिगमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाईटेड,जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *