१९ वर्षपछि जेलमुक्त भएर स्वदेश फर्किए चार्ल्स शोभराज

काठमाडौं । ४७ वर्षअघि दुई विदेशी नागरिकको हत्या गरेर भागेका ‘सिरियल किलर’ चार्ल्स शोभराज स्वदेश फर्किएका छन् । काठमाडौंस्थित केन्द्रीय कारागारमा थुनिएका उनी १९ वर्ष पाँच महिनाको जेल बसाइपछि शुक्रबार फ्रान्स फर्किएका हुन् ।

उनी शुक्रबारै रिहा भएका थिए । जेल बसाइको१९ वर्षका बीच उनको मुटुको शल्यक्रिया समेत गरिएको थियो ।

सर्वोच्च अदालतको आदेशअनुसार कारागारबाट शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइएको थियो ।

विभागले कतार एयरमार्फत् १० वर्ष नेपाल आउन नपाउने गरी निष्कासन गरेको छ । विश्वमै कुख्यात सिरियल किलरको उपमा पाएका शोभराज अन्ततः आफ्नै मुलुक फ्रान्स फर्किएका हुन् ।

४७ वर्षअघि थाइल्यान्डमा एक दम्पतीको हत्या गरेर नेपाल आएका शोभराजले ग्रिस, टर्की, भारतलगायतका मुलुकमा गरी २० जनाभन्दा बढीको हत्या गरेको आरोप छ ।

नेपालमा रहँदा शोभराजको जीवनमा जोडिन पुगिन निहिता विश्वास । २०६५ सालको दशैंमा जेलभित्रै रहेका शोभराजसँग विवाह गरेकी निहिताले बिदाइ भेट भने गर्न पाइनन् ।

भारतको कारागारबाटसमेत भाग्न सफल भएका शोभराजले केन्द्रीय कारागारमा बसेर पुस्तक लेखेका छन् । आफ्नो अन्तर्वार्ता र तस्बिर लिँदासमेत पैसा लिने शोभराजमाथि बेलायती सिरिज कहानी ‘द सर्पेन्ट’, ‘मे और चार्ल्स’ सहित तीन वटा वृत्तचित्रसमेत बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *