भाषा साहित्यको अवस्थाबारे छलफल

विराटनगर । बेलबारी प्रज्ञा प्रतिष्ठानले बेलबारीका भाषा तथा साहित्यको वर्तमान स्थितिबारे छलफल आयोजना गरेको छ । कार्यक्रममा साहित्यको विभिन्न विधाका सर्जकका साथै विभिन्न निकायका पदाधिकारीहरुको सहभागिता थियो ।
प्रमुख अतिथिका रुपमा नगरका शिक्षा शाखा प्रमुख भूपेन्द्र कोइराला सहभागी थिए । विशिष्ट अतिथिद्वय साहित्यकार ईरान राई, समाजसेवी तिलक राईको सहभागिता थियो ।
विभिन्न १९ वटा जातीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको पनि सहभागिता रहेको कार्यक्रममा सबैले आफ्नो क्षेत्रको अवस्थाबारे अनुभव सुनाएका थिए ।
संस्थाका प्रतिनिधिहरमा कविन्द्र धिमाल, केशव थापा मगर, चन्द्र लिम्बू, कमलबहादुर गुरुङ, सन्देश तामाङ, जितुमान राई, रामदेव उराव, प्रभाकर राजवंशी, बाबुराम चौधरी, तुलसा सुनुवा, लोकबहादुर याखा, श्याम मुडियारी, नोद खवासलगायत थिए ।
यसैगरी बेसाविसकी अध्यक्ष तिला लेकाली, सञ्चारकर्मीहरु नरेन राई, भीमकुमार राई, भोजराज बस्नेत, अर्जुन कुलुङ राई, समाजसेवी कृष्ण गुरुङ, धिमाल भाषाका चर्चित गायक सञ्जीव धिमाललगायतको पनि सहभागिता थियो ।
सचिव कुलप्रसाद प्रसाद बराल बाजथलेलीले सञ्चालन गरेको कार्यक्रममा गणेश लामा आँसु, मनकुमार गुरुङ, अजित धिमाल, गणेश लामा, धनजित पराजुली, लक्ष्मी सुवेदी, टेकराज मगर, राजु परियार, महेन्द्र गिरी, सुजन कटुवाल, निर्मला गौतम, प्रेम गुरुङ, उमा सिजापती, कलावती खवास, मेखराज कार्की, उपेन्द्र राई, विकास बुढाथोकी, शेखर थापा मगरलगायतले व्यवस्थापनका विभिन्न पक्षमा काम गरेका थिए ।
सबैले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गरी कार्यक्रमलाई सफल बनाएकामा अध्यक्ष रेखा सुवेदीले सबैलाई धन्यवाद दिएकी थिइन् ।