‘साहित्य अकादेमी पुरस्कार’ केबी नेपालीलाई

काठमाडौं । प्रतिष्ठित साहित्यिक सम्मान ‘साहित्य अकादेमी पुरस्कार’ यस वर्ष भारतीय नेपाली साहित्यकार केबी नेपालीलाई प्रदान गरिने भएको छ ।

नेपाली साहित्य अकादेमी, दिल्लीले उनलाई उक्त पुरस्कार प्रदान गर्नेभएको हो । चार दशकभन्दा अघिदेखि दिँदै आएको योगदानलाई कदर गर्दै पुरस्कार दिन लागिएको हो ।

उनले असमको लामडिङबाट प्रकाशित हुने ‘विन्दु’ साहित्यिक पत्रिका सन्‌ १९६२ देखि निरन्तर रूपमा सम्पादन गर्दै आएका छन्‌।

नेपालीका ‘नवअश्रु’ खण्डकाव्य, ‘विरही’ कविता सङ्‌ग्रह, ‘मेरो घर मेरो संसार’ उपन्यास, ‘समर्पण’ उपन्यास, ‘तस्वीर एक रात’ उपन्यास, ‘प्लेटफार्म’ काव्य, ‘भोक मृत्यु र सङ्‌घर्ष’, ‘सति गोमा’ नाटक, ‘भत्केको घर’ ‘अनुराग’ गीतसङ्‌ग्रह, ‘केही कवि साहित्यकार’, ‘अनियन्त्रित मन’, ‘साइनो’ नाटक आदि प्रकाशित कृतिहरू हुन्‌।

अनुवादको क्षेत्रमा पनि कलम चलाएका नेपालीवारा अनुदित ‘मेघदूत’ उपन्यासलाई साहित्य अकादमीले सन्‌ २००७ मा अनुवाद साहित्य पुरस्कार प्रदान गरेको थियो।

नेपालीलाई कवि, आख्यानकार, गीतकार र नाटककारका रूपमा पनि चिनिन्छ। उनले नेपाली साहित्य जगतमा पुर्‍याएको योगदान महत्वपूर्ण मानिन्छ ।

१६ नोभेम्बर, १९३९ मा असमको डिगबोइ मूलियाबारीमा जन्मिएका नेपाली भारतीय नेपाली साहित्य जगतमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *