ट्विटरले डेढ अर्ब निष्क्रय प्रयोगकर्ताको खाता हटाउने

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरले साढे १ अर्ब निष्क्रिय प्रयोगकर्ताहरूको खाता हटाउने तयारी भएको छ ।

ट्विटरका सञ्चालक इलन मस्कले डरम्यान्ट ह्यान्डलस् (निष्क्रिय खाताहरू) अथवा युजरनेमहरु हटाउने बताएको अमेरिकी सञ्चारमाध्यम ‘बिजनेस इनसाइडर’ ले उल्लेख गरेको छ ।

एउटा पनि ट्विट नभएका र एक वर्षभन्दा बढी समयावधिमा ‘लग इनझ् नगरिएका खाताहरू डिलिट गरेर प्रयोगकर्ता नाम र खाताका लागि ठाउँ खाली गर्ने मस्कले बताएका हुन् ।

ट्विटरको सन् २०२२ को दोस्रो चौमासिक तथ्याङ्क अनुसार उसका २३७ दशमलव ८ मिलियन सक्रिय प्रयोगकर्ता छन् ।

मस्कले गत नोभेम्बरमै निष्क्रिय प्रयोगकर्ताहरूका सबै खाता ट्विटरबाट डिलिट गर्ने बताएका थिए । उनले १५ वर्षदेखि निष्क्रिय रहेका खाताहरू हटाइने उल्लेख गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *