राष्ट्रपतिबाट राणाले लिए शपथ, अरू सांसदलाई बिहीबार

काठमाडौं । प्रतिनिधिसभा सदस्यमध्ये जेष्ठ सदस्यका रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपतिशमशेर राणाले बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । समानुपातिकतर्फ निर्वाचित सांसद पशुपतिशमशेर राणाले राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका ज्येष्ठ सदस्यको रुपमा राणालाई शपथग्रहण गराएकी हुन् ।

८१ वर्षीय राणा सबैभन्दा बढी उमेरका सांसद हुन् । मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित संघीय सांसदहरूलाई बिहीबार पशुपति शमशेर राणाले शपथग्रहण गराउने छन् ।

त्यसपछि संसद्‍ले नयाँ सभामुख चयन नगरेसम्म राणाले नै संसद्‍को अध्यक्षता गर्नेछन् ।

प्रतिनिधिसभामा सबैभन्दा बढी सिट जितेको नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । दोस्रोमा नेकपा एमाले छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *